बनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक
२०८१ असार ७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ ।
पार्टी स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिन बैठक बसेको हो ।
बनस्थलीको चमतीस्थित केन्द्रीय कार्यालयमा अहिले बैठक जारी रहेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
त्यस्तै आजको बैठकमा हालसम्मको अवधिमा रास्वपाको गतिविधि र उतारचढावका विषयमा समेत छलफल भएको बताइएको छ ।
रास्वपा स्थापनाको आज २ वर्ष पूरा भएर तेस्रो वर्षमा टेकेको छ । आज रास्वपाले चियापान कार्यक्रम गर्दैछ ।
२०८१ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








