मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छ : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् ।

विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताएका हुन् ।

नेपाल समाजवादी पार्टीले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले पनि ती समस्यालाई समाधान गर्नका लागि शासकीय स्वरूपमा परिवर्तन गरेर अघि बढ्न उपयुक्त हुने धारणा राखे । उनले संसदलाई दलतन्त्र लागू गर्ने थलोको रुपमा विकास गर्न नहुने बताए ।

अध्यक्ष राउतले भने ‘हामी कहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भयो । यो धेरै ठूलो उपलब्धि हो । धेरै सकारात्मक परिवर्तन हो । यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरूलाई हामी धन्यवाद पनि दिन्छौँ । तर देशले अहिले के भोगीराखेको छ भने एउटा अस्थिरताको शिलशिला सुरु भयो । म पटक पटक भन्ने गर्छु–प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ । त्यतिधेरे अस्थिरताको वातावरण छ । र प्रदेश सरकारहरू पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ । यस्तो खालको अस्थिरताको वातावरण यहाँ छ । त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी संघ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौं । संसदमा ह्वीप लगाउने व्यवस्था पनि हुनु हुँदैन, दलतन्त्र लाग्ने व्यवस्था हुनुहुँदैन ।’

अध्यक्ष राउतले संसदमा ह्वीप लागू गर्ने कुराले सांसदहरूलाई स्वविकीय ढंगले कानुन निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्क समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =