महिला मन्त्रालयको बजेटमा मन्त्रीको जिल्ला सुनसरी मात्रै देखियो : सांसद केसी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा सुनसरी मात्रै देखिएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महिला मन्त्रालयले पाएको १ अर्ब ६० करोडको बजेटमा सबै सुनसरी मात्रै देखिएको बताए ।

उनले सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्बको बजेटलाई परिस्कृत गर्न आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा भत्ता दिने असहाय, अशक्त लगायत गरिबलाई मात्रै दिने कार्यविधि बनाउन सके १ खर्ब १६ अर्बको आधा घट्नसक्ने बताए । उनले सामाजिक सुरक्षा भत्ता असहाय र दुःखीलाई दिने भएपनि काठमाडौंमा राज्यले दिएको भन्दै महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको बताए ।

उनले भने ‘महिला मन्त्रालयको बजेट सुनसरी मात्रै देखिएको छ । १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ । त्यसमा सबै सुनसरी सुनसरी मात्रै देख्छु । सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्बको बजेट छ । त्यो बाँड्नु परिहाल्यो । सामाजिक सुरक्षा भत्ता पनि परिसकृत गर्न जरुरी छ । त्यस्तो गर्दा १ खर्ब १६ अर्बको आधा हुन सक्छ । सामाजिक सुरक्षा भत्ता असहाय र दुखीलाई दिने हो उमेर भएकालाई दिने होइन । तर काठमाडौंमा राज्यले दिएको भन्दै महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको छ । विश्वमा महिलाले नेतृत्व गरेका निकायहरूमा समावेशी र राम्रा काम भएका छन् । तर नेपालमा महिलाले नेतृत्व गरेको मन्त्रालयमा राम्रो काम भएन । आफ्नो जिल्लालाई मात्रै प्राथमिकता दिने काम गर्नुभयो ।’

उनले विश्वमा महिलाले नेतृत्व गरेका निकायहरूमा समावेशी र राम्रा काम गरेको उदाहरण भएपनि नेपालमा महिलाले नेतृत्व गरेको मन्त्रालयमा राम्रो काम नगरेको बताए । उनले महिला मन्त्रीले आफ्नो जिल्लालाई मात्रै योजनामा प्राथमिकता दिने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =