दलितहरूको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन सकेको छैन : सांसद परियार

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरूप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको भएपनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको बताएका हुन् । उनले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराए । उनले दलित समुदाय ४५ लाखको हाराहारीमा रहेका र त्यसमध्ये ९० प्रतिशत दलितहरू गरिबीको रेखामुनि रहेका भन्दै उनीहरूको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको बताए ।

उनले भने ‘संविधानका धारा ४० न सरकारका मन्त्रीहरूले पढ्नुहुन्छ । न सरकारमा एकजना दलितको मन्त्री छ । म धारा ४० मन्त्रीज्युहरुलाई, सचिवज्यूहरूलाई एकपटक पढेर हेरिदिनुस् । दलितहरूका हक, अधिकारका बारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवा लगायतका धेरै अधिकारहरू त्यहाँ उल्लेख गरेका छन् । त्यसको कार्यान्वयन गर्ने कुरामा सरकार अहिलेसम्म ध्यान, दृष्टि जान थालेको छैन । म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु, दलित समुदाय सन् २०२१ को जनगणना अनुसार १३.८ प्रतिशत छन् । ४५ लाखको हाराहारीमा छन् । त्यसमध्ये ९० प्रतिशत दलितहरू गरिबीको रेखामुनि छन् । गरिबीको रेखामुनि रहेका दलितहरूको पक्षमा यो सरकारले कुनै कार्यक्रम ल्याउन सकिरहेको छैन । पुनर्स्थापित प्रतिनिधि सभाले जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गयो । तर त्यसको कार्यान्वयन भएको छैन । त्यसतर्फ सरकारको गम्भीरतापूर्वक ध्यान जाओस् ।’

उनले छुवाछुतमुक्त राष्ट्र घोषणा भएपनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =