प्रदेश आवश्यक हो की होइन एकपटक सोचौँ : कांग्रेस सांसद मिश्र

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताएका छन् ।

मङ्गलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेको बताए । उनले एक पटक सर्वदलीय सरकारको गठन गरेर संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मिसन ०८४ भनेको उमेर पुगेका मान्छेलाई रिटायर गर्ने कुरा जस्तो लागेको बताए ।

उनले भने ‘हाम्रो मौलिक हकमा व्यवस्था छ, मौलिक हकको भग ३ को धारा १६ देखि ४८ सम्म मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हक संविधानमा लेख्ने बेला भावनामा ज्यादा बग्यौँ की त्यसलाई कर्तव्यमा पालना गर्न सकेनौँ की रु अहिले मौलिक हकको कारणले संविधान कतै कागजको खोष्टो नहोस् । तसर्थ अझ पनि समय केही गरी कति कुरा हामी गर्नसक्छौँ त्यति नै कुरामा प्रतिबद्धता गर्ने बानी बसालौँ । हामीले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएका छौँ । कहीँ बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेका त छैनौँ । सोचौँ एक पटक सर्वदलीय सरकारको गठन गरेर । संविधान संशोधन गरौँ । हाम्रो आवश्यकता प्रदेश हो की होइन । दिनहुँ सरकार फेरबदल भइरहेको छ, यसमा पनि ध्यान दिऔँ ।’

सांसद मिश्रले ठूला नेताहरूको क्षेत्रमा बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए । उनले नेपाल वायुसेवा निगम पब्लिक प्राइभेटमा लैजान जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *