चितवनमा २५ वर्षीय युवक र ५० वर्षकी महिला मृत भेटिए

काठमाडौं । चितवनका छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिला मृत अवस्थामा फेला परेका छन् ।

भरतपुर महानगरपालिका-२१, रंगिला वस्तीमा २५ वर्षीय सुवास नेपाली र भरतपुर महानगरपालिका-२३, खड्गौलीकी ५० वर्षीया बुधनी दराई मृत अवस्थामा फेला परेका हुन् ।

नेपालीको शव घरबाट करिब दुई किलोमिटर टाढा खेतमा फेला परेको प्रहरीले जनाएको छ । यस्तै दराईको शव केरुंगा खोलानजिकै भेटिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =