दक्षिणकालीमा मृत भेटिएका युवा-युवतीको परिचय खुल्यो

काठमाडौं । काठमाडौं दक्षिणकाली नगरपालिका-८ स्थित केराबारीमा मृत्यु भेटिएको दुई जनाको परिचय खुलेको छ । मोटरसाइकलसहित सडकबाट खसेर मृत्यु भएका युवा-युवतीको परिचय खुलेको हो ।

मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका-५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका-५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन् । प्रदेश-३-०२-००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू सडकबाट २ सय मिटर तल खसेको अवस्थामा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङ र विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ । घटनास्थलबाट टुक्रिएको अवस्थामा मोटरसाइकलको पाटपुर्जा सङ्कलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =