सन्दीप लामिछानेले गरे डहरे देउरालीको दर्शन
२०८१ जेठ २३ गते

काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले स्याङ्जा स्थित डहरे देउराली मन्दिरको दर्शन गरेका छन् ।
बुधवार उनले स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका–५ मा रहेको डहरे देउराली मन्दिरको दर्शन गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पनि डहरे देउराली दर्शन गरेका तस्बिरहरू सार्वजनिक गरेका छन् ।
काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएपछि सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो । तर, अमेरिकाले भिसा नदिँदा उनले विश्वकप खेल्न पाएनन् ।
हेर्नुहोस् तस्बीरहरू :

२०८१ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








