जसपाको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कियो (तस्बिरहरू)

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ ।

सोमवार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पर्याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं। ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ ।

एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम सुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो । हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ । टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिब साढे ८ लाख बराबरको क्षति भएको बताए । उनले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताए ।

मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो । अब त्यसमाथि त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो । मण्डलले महाधिवेशन अगावै पुनः पण्डाल निर्माणको काम पूरा हुने बताए । जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =