धनगढी उड्न लागेको श्रीको जहाज धावनमार्गबाटै फर्काइयो

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटफर्काइएको छ । आज बिहान ८ :२५ मा उड्नसपर्ने जहाजमा समस्या आएपछि धावनमार्ग नजिकैबाट फर्काइएको हो ।

जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल सुरक्षा स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको एनएएनएस जहाज धावनमार्ग फर्काइएपछि धनगढीका लागि अर्को जहाज पठाउने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =