भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् ।

शनिवारबाट काठमाडौंमा शुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए ।

उनले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताए । उनले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौति अहिले रहेको बताए ।

उनले भने– ‘भलिबलको बारेमा अलिकति कुरा तपाईंहरुलाई निवेदन गर्न चाहन्छु । भलिबलको एकदम सम्भावना अझ हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो । राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसावले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौति भएको छ । यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौँ । यही पाली भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ की भन्नेमा आशावादी छु ।’

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =