सरकारले भन्यो– सन्दीपलाई भिसा दिने/नदिने अधिकार दूतावासको हो, हामीले उत्तर दिन आवश्यक छैन
२०८१ जेठ १८ गते

काठमाडौं । सरकारले क्रिकेट सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएको विषयमा धारणा दिएको छ ।
मन्त्रीपरिषद्को बैठकपनि सरकारकी प्रवक्ता रेखा शर्माले सन्दीपलाई भिसा दिने नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको बताइन् । उनले यस विषयमा सरकारले जवाफ दिन आवश्यक नरहेको समेत बताइन् ।
’क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरे पनि भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको हो,’ उनले भनिन् ।
(भिडिओ)
२०८१ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








