एमालेको राष्ट्रिय महिला भेला सुरु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ जेठ १६ गते
![एमालेको राष्ट्रिय महिला भेला सुरु](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/uml-mahila-vela-mk.jpg)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित छन् ।
भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजारको सहभागिता रहेको छ ।
वि.सं २०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को सङ्कल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो । भेलाको संयोजन एमालेको जनसङ्गठन संयन्त्रले गरेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित