कैलाश सिरोहियालाई आजै काठमाडौँ ल्याइने, मेडिसिटीमा भर्ना गर्ने तयारी

७ दिनदेखि थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आजै काठमाडौँ ल्याइने भएको छ।

नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले पछिल्लो पटक सोमबार तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

तर स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा रहेका सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डएिसपी रञ्जन अवाले बताए।

सिरोहियालाई काठमाडौं ल्याएर मेडिसिटी अस्पतालमा भर्ना गरिने भएको छ।

अहिले उनी जनकपुरको काब्या अस्पतालमा उपचाररत छन्। उनलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको डीएसपी अवाले बताए।

सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेको बताइएको छ।

जिल्ला अदालतले तीन पटक तीनरतीन दिनका दरले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *