राष्ट्रिय मुवाँथाईमा संयोग र मनिषाकुमारी च्याम्पियन

काठमाडौं । कोशी प्रदेशका संयोग राई र सुदूरपश्चिम प्रदेशकी मनिषाकुमारी राना क्षेत्री तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सोमवार भएको प्रतियोगितामा महिला ६०–६३ केजी तौलसमूहमा मनिषा र पुरुष ४८–५१ केजी तौलसमूहमा संयोग च्याम्पियन भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मननिषाले वागमती प्रदेशकी मिङ्मा तामाङलाई हराउँदै च्याम्पियन भइन् ।

यसै तौल समूहमा कृष्मा आचार्य तेस्रो भइन् । पुरुषततर्पm फाइनलमा संयोगले वागमती प्रदेशका रितम तामाङलाई हराए । यस तौलसमूहमा कर्णाली प्रदेशका प्रकाश डाँगी र गण्डकी प्रदेशका स्यामुएल श्रेष्ठ संयुक्त रूपमा तेस्रो भए । १८ वर्षमुनि पुरुष ५७–६० केजी तौलसमूहमा वागमती प्रदेशका दीपन लोहार फाइनलमा सुदूरपश्चिमका अर्जुन दमाईलाई हराउँदै च्याम्पियन भए ।

यसै तौलमा गण्डकीका विवश गुरुङ र सुदूरपश्चिमका सुशान चौधरी संयुक्त रूपमा तेस्रो भए । ६३–६६ केजी तौलसमूहमा रिजन पौडेल, शिहान कार्की र संगम तामाङ शिर्ष तीन स्थानमा रहे । तीनै खेलाडी वागमती प्रदेशका हुन् । ४५–४८ केजी तौलसमूहमा वागमतीका युनिस खड्काले स्वर्ण जित्दा गण्डकीका निर्जल गुरुङलाई फाइनलमा निराश बनाए ।

गण्डकीका प्रवेश घर्ती र वागमतीका युनिस खड्का तेस्रो भए । ५४–५७ केजी तौलसमूहमा गण्डकीका अनुप घोताने र ४५ केजी तौलसमूहमा कर्णाली प्रदेशका मनोज अग्री च्याम्पियन भए । फाइनलमा अनुपले वागमतीका सदिकराज थापालाई हराउँदा मनोजले कर्णालीकै अर्बित खड्कामाथि जित रचे ।

महिला ४५ देखि ४८ केजी तौलसमूहमा सुदूरपश्चिमकी सतिकुमारी विकले गण्डकीकी रिहाना श्रेष्ठ र ५४–५७ केजी तौलसमूहमा गण्डकीकी जेनिसा थापाले वागमतीकी आरिसा महर्जनलाई हराउँदै स्वर्ण पदक जिते । महिलाकै ७२ देखि ७६ केजी तौल समूहमा वागमतीकी गण्डकीकी सल्मा सुनार फाइनलमा वागमतीकी तेन्जिङ तामाङलाई हराउँदै च्याम्पियन भइन् ।

एपिएफकी प्रमिला भूमिले फाइनलमा वागमतीकी अनिसा गुरुङमाथि जित रचिन् । किशोरी १४ देखि १६ वर्ष उमेरसमूहको ४५–५१ केजी तौलसमूहमा गण्डकी प्रदेशकी निस्मा गुरुङले फाइनलमा आफ्नै क्षेत्रकी आइसा परियारलाई पराजित गरिन् । खेल कुल तीन राउण्डसम्म प्रतिष्पर्धा भयो ।

दुई मिनेटको एक राउण्ड रह्यो । प्रतियोगिताका विजेतालाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वफरवार्ड अनिल गुरुङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले पदक प्रदान गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ १४ र महिलामा आठ तौलसमूहमा गरी एमेच्योर र सेमि प्रोफेसनल विधामा प्रतिष्पर्धा भए ।

सबै तौलसमूहमा एमेच्योर र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा भएका थिए । एपिएफसहित सात प्रदेशका कुल एक सय सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । हरेक तौलसमूहका विजेता खेलाडीले पदक पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =