दुई पटकको विश्वविजेता उरुग्वे केप भर्डेसँग बराबरीमा रोकियो
२०८३ असार ८ गते

काठमाडौं । फिफा विश्वकप २०२६ मा उरुग्वे केप भर्डेसँग बराबरीमा रोकिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।
यो नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन् । उक्त समूहमा २ खेलबाट ४ अंक जोड्दै स्पेन शीर्ष स्थानमा छ । साउदी अरेबियाले एक अंक जोडेको छ ।
२०८३ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित









