विष्णु पौडेल पक्राउबारे महेश बस्नेत: ‘प्रतिशोधपूर्ण गिरफ्तारी स्वीकार्य हुँदैन’

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको विषयलाई लिएर प्रतिक्रिया दिएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने र त्यसपछि मात्र कानुनी कारबाही प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।

उनका अनुसार फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गरिने गिरफ्तारी उचित मान्न नसकिने उल्लेख छ ।

बस्नेतले एमाले पंक्तिले यो घटनालाई केवल व्यक्तिगत विषयका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

उनले “कुखुरा मर्‍यो भने पनि श्याल पल्कियो” भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने टिप्पणी गर्दै, आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =