विष्णु पौडेलको निवासमा छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निवासमा छापा मारेको छ ।

पक्राउ गर्नुअघि भैसेपाटीस्थित उनको अस्थायी निवासमा विभागको टोलीले छापा मारेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विवादित व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंकाका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

विभागको टोली सोमबार दिउँसो करिब १ बजे पौडेलको निवासमा पुगेको थियो । यसअघि भैसेपाटीस्थित पौडेलको घर जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि उनी सोही क्षेत्रको अर्को भाडाको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =