डिआइजीमा बढुुवा भएका चार जनालाई दज्र्यानी चिह्न

काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुुवा भएका चारजना प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुुवा भएका चार डिआईजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नति हुने प्रहरी नायब महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी रहेका छन् ।
सोहि अवसरमा गृह सचिवस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दज्र्यानी चिह्न प्रदान गरेका थिए ।








