सन्दीपको स्थान खालि राखेर क्यानले पठायो १४ खेलाडीको नाम

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानले टी–२० विश्वकपका लागि १४ सदस्यीय खेलाडीको सूची पठाएको छ ।

मे २५ तारिखमा १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो । तर स्पिनर सन्दीप लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ जनाको नाम मात्र आइसीसीलाई बुझाएको क्यानका एक पदाधिकारीले जनाकारी दिए ।

अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्यानले उनलाई भिसा दिलाउन प्रयास गरिरहेको छ । त्यसका लागि क्यानले नेपाल सरकारमार्फत प्रयत्न गरिरहेको छ ।

यसअघि बैशाख १९ गते क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको थियो । जसमा सन्दीपको नाम समावेश थिएन । तर, उनले अदालतबाट सफाइ पाएपछि उनलाई विश्वकप खेलाउने प्रयास भएको हो ।

नेपालको टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा,सागर ढकाल, कमलसिंह ऐरी

टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *