मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ : सन्दीप लामिछाने

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले आफ्नो सपना पुरा नभए पनि देशको सपना पुरा भएको बताएका छन् । उनले आफ्नो सपना पुरा नभए पनि देशको सपना पुरा हुँदा खुसी रहेको बताए ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै सन्दीपले भनेका छन्– ‘मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने, देशको सपना पूरा भएको छ ।’

टी–२० विश्वकप खेल्न अमेरिका जान ठिक्क परेका सन्दीप अमेरिकाले भिसा नदिँदा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।

अब सन्दीपले विश्वकप खेल्ने सम्भावना कम हुँदै गइरहेको बताइएको छ । जस कारण सन्दीप निराश बन्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *