पूर्वी नेपालमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको माैसम ?

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोसी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति कोसी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । नेपालमा हाल स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू-भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *