स्वर्णिम वाग्ले सहकारी ठगको मतियार हुन् : रमा कोईराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोईराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाएकी छन् ।

वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बिपी कोईरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बिपीको नाम लिनु गलत भएको बताइन् ।

उनले सहकारी ठगलाई बिपी कोईरालाको नाम लिने अधिकार नभएको बताइन् ।

‘बिपीको नाम लिन सबैको अधिकार छ । तर बिपीले सहकार्य शुरुवात गर्दाखेरी जुन अवधारणाले सहकार्यको शुरुवात गर्नुभएको थियो’उनले भनिन्,‘त्यो अवधारणा आज देखिएको छ त ? जो सहकारी ठगहरुको मतियार हुनुहुन्छ, उहाँले रोष्टममा बिपीको नाम लिनु भनेको त्यो अत्यन्तै गलत भएको छ । सहकारी ठगहरुलाई बिपीको नाम लिने अधिकार छैन है । आज स्वर्णिमजीले नाम लिनुभयो । उहाँ सहकारी ठगको मतियार हो ।’

उनले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानविन समिति नबनेसम्म काँग्रेसको आन्दोलन जारी रहने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *