माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरू पुनः आन्दोलनमा (तस्बिरहरू)

काठमाडौँ । सहकारी पीडितहरूको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौंको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् । सहकारी पीडित बचतकर्ताहरू संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरूको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । उनले सरकारले सञ्चालकलाई कारबाही गरी वचतकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरूको माग रहेको बताए । उनले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताए ।

उनले सहकारी पीडितहरूको आन्दोलन अन्तिम लडाइँको रुपमा अघि बढेको बताए । अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिए । उनले सहकारी पीडितहरूले सरकारसँग न्याय भन्दा बाहेक अन्य केही नखोजेको बचाए ।

सहकारी पीडितहरूले सहकारी पीडितलाई न्याय दे,हाम्रो बचत रकम फिर्ता गर, बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा समेत लगाएका छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *