काउन्टरको तयारीमा कांग्रेस, रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । कानुनमन्त्री पदम गिरी नेतृत्वमा रहेको कार्यदलको बैठक अनिश्चित बनेको छ । गृहमन्त्री रवि लामिछानेको सम्बोधनलगत्तै बस्ने भनिएको बैठक थप अनिश्चित बनेको हो ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी भएको हुनाले त्यसअघि आआफ्नो रणनीति तय गर्न कांग्रेस र रास्वपाको संसदीय दलको बैठक बस्न लागेको छ ।

कार्यदलमा सहमति हुन नसकेका विषय पनि दलको बैठकमा छलफल हुन सक्ने र कार्यदल सदस्यले जानकारी गराउने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *