बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी राउतको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको स्वास्थ्य अवस्था जटिल रहेको छ ।

आज बिहान आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर अस्पताल लगेको थियो । उनको महाबौद्धस्थित ट्रमा सेन्टरको आईसीयुमा उपचार भइरहेको छ ।

राउतले पारिवारिक विवादका कारण आत्मदाह प्रयास गरेको कुरामा सत्यता नभएको आफ्न्त बताउछन् । उनी राउत व्यापार व्यवसाय धराशायी भएपछि निराश रहेको बुझिएको छ । यद्यपी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =