चितवनमा जेठ ४ गते राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हुने 

काठमाडौं । काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ जेठ ४ गते चितवनमा हुने भएको छ । शैक्षिक परामर्शदाता ‘राइटपाथ करियर काउन्सिलिङ’ले नारायणगढमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गर्ने भएको हो ।

वैशाख २९ गते काठमाडौंबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभ चितवनमा जेठ ४ गते हुन लागेको राइटपाथ राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलले बताए । उनका अनुसार वैशाख २९ गते राइटपाथको केन्द्रीय कार्यालय काठमाडौं र ३१ गते धनकुटामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ४’ सम्पन्न भइसकेको छ ।

जेठ ३ गते हेटौडा र जेठ ४ गते भरतपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ आयोजना गर्न लागिएको हो । ग्रान्ड एजुकेसन कन्क्लेभ सबै तयारी पूरा भएको पौडेलको भनाई छ ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्फरको पनि व्यवस्था छ । यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपियाँमै गर्न सकिने छ । कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्‍याउने उनको विश्वास छ । विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *