अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित

काठमाडौँ । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ ।

नेपाल बास्केटबल संघले बिहीबार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गर्दै प्रोत्साहित गरेको हो । नेपालले गत सोमवार चीनको युनान प्रान्तको खेलकुद ब्युरोद्वारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोटर््स कार्निभलमा स्वर्ण पदक जितेको थियो ।

यद्यपि यो नेपाली बास्केटबल टोलीले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । यस प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालसहित मालदिभ्स, लाओस, भियतनाम, थाइल्याण्ड, म्यानमार र क्याम्बोडियाले सो प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । जहाँ नेपालले स्वर्ण पदक प्राप्त ग¥यो । स्वर्ण विजेता नेपाली टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी र निश्चल महर्जन थिए ।

टोलीको प्रशिक्षकमा सुशील गुरुङ थिए । मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ उत्कृष्ट प्रशिक्षक चयन भएका थिए । संघका अध्यक्ष भीमसिंह गुरुङले स्वर्ण पदक जित्दा खुसी लागेको उल्लेख गर्दै नेपालले ‘थ्री एक्स थ्री’ बास्केटबलको विश्व छनोटमा भाग लिने पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *