ललितपुरको आगो निभाउने क्रममा घाइते भएका अर्का युवाको मृत्यु

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ बडिखेलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ५० वर्षीय रमेश पहरीको मृत्यु भएको हो ।

गोदावरी नगरपालिका वडानम्बर-४ निवासी पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए । ललितपुरको गोदावरी नगरपालिका-६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *