कांग्रेससहितको नाराबाजीकाबीच ‘राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता प्रस्ताव’ स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

नेपाली काँग्रेससहितका विपक्ष दलहरूको बेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा पेस गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

सभामुख देवराज घिमिरेले भने ‘सो प्रस्तावको पक्षमा बहुमत भएकाले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’

नेपाली काँग्रेसले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा किटान गर्नुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ गते शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *