कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न अनुमती

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जीका लागि प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने– ‘प्रहरीले फक्राउ पुर्जी जारीका लागि अनुमती माग गरेको थियो, अदालतको इजलास न २ बाट बाट अनुमती जारी भएको छ ।’

सिरोहियाले कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *