वैशाख २४ गतेदेखि ‘राष्ट्रिय बज्र फुल कन्ट्याक्ट कराते’ हुने

काठमाडौँ । अर्को सातादेखि १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।

नेपाल क्योकुशिन कराते डो संघ बज्र ९आइकेओवी० को आयोजनामा आगामी वैशाख २४ र २५ गते उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ गरी ९ टोलीका एक सय १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा ७५ र महिला ३५ खेलाडी रहनेछन् । पुरुषतर्पm ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

महिलामा भने खुलातर्फ प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलामा शीर्ष चार स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार, दुई हजार पाँच सय र एक हजार रुपैयाँ नगद पुरस्कारका साथै पदक पाउनेछन् । नेपाल क्योकुशिन कराते डो संघ बज्र ९आइकेओवी० का संस्थापक तथा अध्यक्ष जगत गौचनले बज्र नेपालबाट सुरु गरिएको मार्सल आर्ट्स रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरमा यो खेलको प्रवर्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यक हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *