बझाङमा एमाले र कांग्रेसको कडा टक्कर, दमनको अग्रता कायमै

काठमाडौं । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

तलकोटको सबै वडा गणना हुँदासम्म एमालेले अग्रता बढाएको छ । यसअघि ९ मतको फरकलाई बढाउँदै एमालेले ३४१ मतले लिड गरेको हो ।

अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार १०२ प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेको छ ।

अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *