कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल बिस्तारको तयारी, यसरी मिल्यो भागबण्डा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मात्रै मन्त्री नियुक्त गरेका थिए। तर उनीहरुलाई मन्त्रालय तोकिएको छैन, बिनाविभागीय छन्।

थप मन्त्री बिहीबार नियुक्त हुने भएका छन्। यसका लागि दुई दलबीच सहमती भइसकेको छ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ५ मन्त्रालय र माओवादीले भौतिक पूर्वाधार मन्त्रालयसहित तीन मन्त्रालय पाउने सहमती भएको छ।

दुवै दलले मन्त्रीमा ककसलाई पठाउने भन्ने अन्तिम टुंगो लगाउन बाँकी छ।

मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *