कांग्रेसलाई संसद‍्मा बोल्न नदिने ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपाली कांग्रेसलाई संसद‍्मा बोल्न नदिने चेतावनी दिएका छन्।

बुधवार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले संसदको महत्त्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद् सुचारु हुनुपर्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै लामिछानेले सदनमा बोल्न पाउनुपर्ने पनि बताए।

‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो’, ओलीले आक्रोश पोख्दै भने, ‘कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने?’

उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने चेतावनी पनि दिए ।

‘कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं,’ ओलीको भनाइ छ । उनले कांग्रेस आरोपित गरिरहने, बकवास बोलिरहने तर अर्काले प्रतिवाद पनि गर्न नपाउने रु भनेर प्रश्न गर्दै यस्तो न डेमोक्रेसी नहुने बताए । ‘यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास’, ओलीको भनाइ छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद् अवरोध गरिरहेको छ ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारले पटक पटक गरेर गिरी बन्धु टि स्टेटको ७० बिगाहा जग्गा बेचेको पनि बताएका छन् ।

‘म भन्न चाहन्छु–५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टी स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ’, ओलीले भने, ‘अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । ’

उनले नेपाली कांग्रेसले गरेका बद्मासीहरुको बारेमा एमालेले कुरा उठाउने पनि बताए । अध्यक्ष ओलीले आफूहरु संसद अवरोधको विपक्षमा रहेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गिरीबन्धुको जग्गा मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि पनि खनिए । अदालतले हदभन्दा बढीको दिनचाहिँ मिल्ने तर यसको चाहिँ अपरिपक्वता देखियो भनेकोमा ओलीले अदालत र न्यायाधीशमाथि असन्तुष्टि पोखे ।

‘सम्मानित अदालतको हामी इज्जत गर्छौँ, अदालतको फैसला मानेर जेल जीवन पनि बिताएका छौँ’, ओलीले भने, ‘कहिले सत्ताबाट हटेका छौँ । तर पनि हामीले अदालतलाई सम्मान गरेका छौँ ।’

तर फैसला गर्दा गिरिबन्धु टी इस्टेटको कुरा उठिसकेपछि यससम्बन्धीमा के के भएको छ, सम्पूर्ण कागजपत्र लेऊ, अगाडि के के भएको छ, अहिले के के भएको छ खोज्नुपर्दैन भनेर न्यायाधीशमाथि प्रश्न गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *