माङ्सेबुङमा डकेन्द्रसिंह लिम्बूलाई २६३९ मत

काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिकाका ६ वटै वडाको मत गणना समपन्न भएको छ ।

माङ्सेबुङमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले सबै भन्दा धेरै मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार लिम्बूले माङ्सेबुङ–५, लारुम्बामा सबैभन्दा बढी १०३२ मत प्राप्त गरेका छन् । वडा नम्बर–५ मा लिम्बूपछि एमालेका सुहाङ नेम्बाङले ६९ मत प्राप्त गरेका छन् । यो वडा, किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने वडा हो ।

माङ्सेबुङ गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार लिम्बूले २६३९ मत पाए । एमालेका सुहाङ नेम्बाङले २५९१ मत पाए । माङ्सेबुङमा रास्वपाका मिलन लिम्बू सबैभन्दा कमजोर देखिएका छन् । उनले २ सय ४३ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *