नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट तालिम

काठमाडौं । नगरकोटमा पाँच दिने पुल डिजाइन उच्चस्तरीय तालिम सम्पन्न भएको छ ।

स्काएफ नेपालले वैशाख ९ गतेदेखि सञ्चालन गरेको उच्चस्तरीय तालिम सम्पन्न भएको हो । तालिममा पुल डिजाइनको प्रारम्भिक तालिम लिएका २७ जनासहित अन्य व्यक्तिहरूको सहभागिता थियो ।

स्काएफ नेपालले आयोजना गरेको तालिममा निर्माण व्यवसाय विकास प्रवर्द्धन केन्द्र, निर्माण व्यवसाय महासंघको सहयोग रहेको थियो । सो तालिममा स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोग रहेको थियो ।

स्काएफका अध्यक्ष इ.ठाकुर प्रसाद शर्मा र सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख इ.ललि जङ खनालले वैशाख ९ गते संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

तालिममा वरिष्ठ इन्जिनियर शकिल मानन्धर, वरिष्ठ इ. रन्जन मानन्धर, इ. सुरेश अर्याल र इ. सरोज घिमिरेले प्रशिक्षण दिएका थिए । इ.मोहन शर्मा, इ.स्मृति कोजु र इ. सुश्मिता महर्जनले प्रशिक्षण सहयोगीको भूमिका निभाएकी थिइन् ।

यस्तै नगरकोटमै प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी प्राइमाभेराको उच्चस्तरीय तालिम पनि सम्पन्न भएको छ । वैशाख १० गतेमा नगरकोट स्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा सञ्चालित उच्चस्तरीय तालिममा २९ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *