लाङटाङ हिमालका पदमार्ग र आधार शिविर क्षेत्र सरसफाइ हुने

काठमाडौँ । नेपाल ट्रेकिङ—ट्राभल्स—र्याफ्टिङ—एयरलाइन्स श्रमिक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाइ गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले यसबारेमा जानकारी गराएको हो । यस वर्ष १७ जना पदमार्ग क्षेत्रमा कार्यरत श्रमिकहरूको प्रत्यक्ष सहभागिता सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको नेपाल टे«किङ—ट्राभल्स—र्याफ्टिङ—एयरलाइन्स श्रमिक युनियनका अध्यक्ष सुमनप्र्र्र्रसाद पराजुलीले बताए ।

उनले २०५२ देखि निरन्तर हिमाल बचाउ, जलवायु परिवर्तनको असर कम गरौँ भन्ने अभियान गर्दै आइरहेको बताए । उनले पदमार्ग सरसफाइ कार्यक्रम जेठ ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने बताए । उनले नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) र नेपाल टे«किङ—ट्राभल्स—र्याफ्टिङ—एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) तथा नेदरल्याण्डको ट्रेड युनियन एफ।एन।भी सँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधारशिविरसम्म सरसफाइ गर्ने बताए ।

जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइराखौँ, मानव जीवनलाई बचाइराखौँ भन्ने सन्देशसहित सरसफाइ कार्यक्रम गर्न लागिएको बताए ।

उनले श्रमिकहरू सामाजिक उत्तरदायित्व र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिइएको बताए । उनले हिमाल, पदमार्ग र पर्यावरण जोगाउन सबै सँगै एकजुट भएर लाग्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *