कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा परेका सांसद गुरुङ् सर्वोच्च अदालतको आदेशसँगै फुकुवा भएको थियो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ् २०७९ पुस १२ गतेदेखि निलम्बनमा परेका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *