नेकपा एसमा खैलाबैला, तीन कमिटीका बैठक सरे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।

वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । यसअघि क्रमशः वैशाख २६, २७ तथा २८ र २९ गतेलाई बैठक बस्ने भनिएको थियो ।

आन्तरिक तयारी अपुगका कारण बैठक सार्नु परेको पार्टीको प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

नेकपा एसमा पछिल्लो समय पार्टीभित्रको असन्तुष्टि बढिरहेको छ । आइतबार मात्रै जसपा फुटेपछि आन्तरिक किचलो बढेको एकीकृत समाजवादी पनि फुटको बाटोमा अघि बढेको त होइन ? भन्ने संशय पैदा भइरहेको छ ।

जसपामा जस्तै आन्तरिक किचलो एकीकृत समाजवादीमा रहेका कारण नेकपा एसमा खैलाबैला छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *