राजीनामा दिएका जसपाका मन्त्री फेरी सरकारमा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आफ्नो कार्यभार सम्हालेका छन् ।

यसअघि जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको थियो । हिजो आइतबार पार्टी फुटेपछि मन्त्री अहिर फेरी सरकारमा सहभागी भएका हुन् ।

पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका छन् ।

सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर, उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर महाराले स्वीकृत गरेका थिएनन् ।

अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका मन्त्रीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *