एथलेटिक्स टोली दुबई जाने

एसियाली यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाने भएको छ ।

बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ८ सय/१ हजार ५ सय मिटर दौडमा बादल कार्की, १ सय/२ सय मिटर दौडमा आदेशकुमार यादव र १ हजार ५ सय/३ हजार मिटर दौडमा अजय विकले प्रतिस्पर्धा गर्ने छन् ।

महिला १ हजार ५ सय/३ हजार मिटर दौडमा कल्पना बुढा सहभागी हुने छिन् । चारै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत बिहीबार सम्पन्न १४ औं राष्ट्रपति रनिङ सिल्डका पदक विजेता हुन् ।

प्रशिक्षक एथलेटिक्सकी मुख्य प्रशिक्षक कान्ती महतो रहेकी छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *