नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । एसिसि प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले हङकलाई १४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोड्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदशन गर्न सकेनन् ।

ओपनर कुशल भुर्तेल आज पनि डक आउट भए । सोमपाल कामी ७ बलमा २ चौका सहित १२ रन बनाएर क्याच आउट भए । अर्का ओपनर आसिफ शेख पनि ११ बलमा ५ रनमा आउट भए ।

कप्तान रोहित पौडेल १९ बलमा २ चौका सहित २१ रन जोडेर आउट भए । कुशल मल्ल पनि १३ रन मात्र बनाएर आउट हुन पुगे । सन्दिप जोरा र गुलशन झा क्रमशः २२ र ६ रन बनाएर रनआउट भए ।

करण केसी ३ रनमा एलबिडब्लुको धरापमा परे दीपेन्द्र र ललित राजबंशी अविजित रहेका थिए । ललितले ३ बलमा २ रन बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *