राप्रपालाई काठमाडौं महानगरले तोक्यो जरिवाना

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना गराउने भएको छ । विरोध प्रदर्शनका क्रममा फोहोर गरेपछि राप्रपालाई महानगरले जरिवाना तोकेर पत्र पठाएको हो ।

पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको पाँच हजार २२२ रुपैयाँ बैंक खातामा जम्मा गरिदिन भनिएको छ । पत्रमा रकम जम्मा गर्नुपर्ने बैंकको विवरण पनि उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्यान्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।

राप्रपाले चैत २७ गते भृकुटीमण्डप केन्द्रित विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *