सेमिफाइनलमा नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

जित्नैपर्ने खेलमा ब्याटरहरु चल्न नसक्दा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।

नेपालका सन्दीप जोराले अर्ध शतक बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

जोराले सर्वाधिक ५० रन बनाए । ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए ।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २, रन बनाएर पेभिलियन फर्किए ।

अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई/दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक/एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *