पोखरामा चिनियाँ पर्यटक सवार माइक्रो हाइस दुर्घटना

काठमाडौं । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस ठोक्किएका हुन् ।

घाइतेहरू सबै चिनियाँ नागरिक हुन् । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । सबैको अवस्था खरामुक्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *