साउदीविरुद्ध टस जितेर पहिला बलिङमा नेपाल
मकालु खबर
२०८१ वैशाख ५ गते
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाको प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरु भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ ।
समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ ।
साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ ।
यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो भने कतारसँग १५ रनले पराजित भएको थियो ।
मकालु खबर
२०८१ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित