१४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड : गणेशद्वारा हाइजम्पमा ६ वर्ष पुरानो रेकर्ड सुधार

काठमाडौँ । सालको जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले मंगलवार १४ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याक एण्ड फिल्डमा हाइ जम्पतर्फ गणेशले १.८१ मिटर उचाइ जम्प गर्दै ६ वर्ष अगाडिको कीर्तिमान सुधार गरेका हुन् । यसअघि २०७५ सालमा लुम्बिनीका प्रभु थारुले १.७७ मिटरको कीर्तिमान बनाएका थिए । जुन मंगलवार गणेशले सुधार गरेका हुन् । यससँगै गणेशले राष्ट्रिय कीर्तिमानमार्पmत १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसै विधामा बागमती प्रदेशका अविनाश सुनारले रजत पदक जिते । उनी १.७५ मिटर माथि उचाइ उफ्रिए ।

लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा १.७० मिटर उचाइ उफ्रँदै काँस्य पदक जित्न सफल भए । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मङ्गलवारदेखि राष्ट्रपति रनिङ सिल्ड सुरु भएको हो । कुल ६ खेल विधा प्रतिस्पर्धा हुँदै छ । यीमध्ये एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलवार ८ स्पर्धाको फाइनल सम्पन्न भयो । छात्रा हाइजम्पमा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी र गण्डकीकाी सीमा श्रेष्ठ शीर्ष दुईमा रहे । सुस्मिता १.४१ मिटर र सीमा १.३८ मिटर उचाइ उफ्रिए ।

लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा दुवै जना काँस्य जित्न सफल भए । दुवै जना १.३० मिटर उचाइ उफ्रिए । छात्र एक हजार पाँच सय मिटर दौडमा गण्डकीका बादल कार्की ०.४ सेकेन्डले अघि रहँदा स्वर्ण जित्न सफल भए । बादलले चार मिनेट १९.१ सेकेण्ड समय लगाउँदा रजत विजेता कर्णालीका अजय विकले चार मिनेट १९.६ सेकेन्ड खर्चिए । सुदूरपश्चिमका विक्रम विक तेस्रो भए । उनले ४ मिनेट २२.७ सेकेन्ड समय लगाए ।

यसै विधाको छात्रामा कर्णालीकी कल्पना बुढाले स्वर्ण जितिन् । कल्पनाले पाँच मिनेट ०४.४ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । सुदूरपश्चिमकी देवकीकुमारी धामी पाँच मिनेट १३.०९ सेकेन्ड र बागमतीकी अस्मिता भुजेल ५ मिनेट १९.८ सेकेन्डका साथ दोस्रो र तेस्रो भए । छात्राको चार सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ताले स्वर्ण जिते । उनले ५१.५ सेकेण्डमा दूरी तय गरे । बागमतीका सन्तबहादुर दराई ५१.९ सेकेण्डका साथ रजत र कोशी प्रदेशका राकेश सार्की ५२.१ सेकेण्डका साथ काँस्य जित्न सफल भए ।

यसै स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्काले स्वर्ण जितिन् । सरिताले १ मिनेट ०२.३ सकेण्ड समयमा दूरी पूरा गरिन् । लुम्बिनीकी अनिशा थारु १ मिनेट ०३.५ सेकेन्डका साथ रजत र कर्णालीकी भावना कर्साल १ मिनेट ०३.७ सेकेण्ड समय निकाल्दै काँस्य जित्न सफल भइन् । छात्रको एक सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादवले स्वर्ण जित्दा ११.२० सेकेन्ड समय लगाए । बागमतीका प्रवीण राना मगर ११.३५ सेकेन्डका साथ रजत पदक जित्न सफल भए ।

सुदूरपश्चिमका चन्द्र बोहराले ११.५२ सेकेण्ड समय निकाल्दै काँस्य पदक जिते । यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशीले स्वर्ण जित्दा १३.५८ सेकेन्ड समय लगाए । गण्डकीका एञ्जल अधिकारीले १३।६६ सेकेण्ड समयसहित रजत पदक जिते । गण्डकीकै निशा घर्तीले काँस्य पदक जितिन् । उनले १३.७५ सेकेन्ड समय लगाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *