कीर्तिमान बनाएको सुनको मूल्यमा ठूलो गिरावट
२०८१ वैशाख २ गते

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको ५० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
२०८१ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








