कीर्तिमान बनाएको सुनको मूल्यमा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको ५० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *