राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
२०८३ असार २४ गते

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ ।
काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।
राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा विशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।
२०८३ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








